बिगत लामो समय देखी सेवा बिहिन रहेको महाकाली अस्पतालमा बिकास समितिले सुधारका लागी  प्रयास गर्दा पनि सुधार गर्न सकेका छैनन । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अस्पताल उपचार थलो हुनुको साटो निमित्त मेसु हरि कुमार श्रेष्ठको लागी कमाई खाने भाडोका रुपमा विकसित भईरहेको छ । अस्पताल प्रशासनकै कारण व्यवस्थापन समितिका निर्णय एव योजना अटेर गर्दै अस्पताल प्रशासन कमिसनकोलागी जंगे पारामा चल्न थालेपछि अस्पताल धरासायी बन्दै गएको छ । उपचारका लागि अस्पतालमा आउने बिरामीलाई पर्ची समेत नदिएर सीमितलाई उपचार गराउने देखि कयैन अदृश्य धन्दा चलाएर अस्पताल दोहन भईरहेको छ । बषौँदेखि थलिएको महाकाली अस्पताल सुधारका लागि यहाँका स्थानीय बुद्धिजिवी समाजसेवि सहित अहिलेको उर्जावान व्यवथापन समितिले अथाह मेहनत गरेपनि अस्पताल प्रशासन स्रोत सेटिङ्ग मार्फत दोहनमा लागेको पछिल्ला थुप्रै घटनाक्रमले देखाएको छ ।

 

गत बर्ष बैशाख पहिलो साता भेन्टिलेटर खरिद, आईसोलेशन भवन निर्माणमा दोयम ईटा प्रयोग, चमेना गृह आफ्नालाई दिने, निम्नदेखि उच्च तहका कर्मचारी भर्ना औषधी खरिददेखि सटरको भाडामा  समेत सेटिङ्ग गरेर अस्पताल दोहनमा अस्पतालका निमित्त मेसु हरि कुमार श्रेष्ठ स्वयं लागि परेको कुरा देखीदै आएको छ । निमित्त मेसु श्रेष्ठले  अस्पताल  व्यवस्थापन समितिका निर्णयहरुलाई  अटेर  गर्दै विभिन्न टेण्डर, औषधी खरिददेखि अन्य संरचना निर्माणमा समितिलाई उपेक्षा गर्दै आफुखुसी काम गर्ने पाईन्छ । भीमदत्त नगरपालिकाले खरिद गरेर दिएको पिसिआर मेसिन संचालनमा समेत निमित्त  मेसुले उदाशिनता देखाएका छन ।

 

कोरोना कहर चलिरहेका बेला निमित्त  मेसु श्रेष्ठले बिरामीको उपचारको ध्यान भन्दा व्यक्तिगत लाभ र कमिसनको चक्करमा लागेको, आफना हितका योजनाहरु मात्र अघि सारेको अस्पताल स्रोतको भनाई छ । अस्पताल स्रोतका अनुसार गत बर्ष भन्दा यस बर्ष कोरोना कहर बढेको छ । आईसोलेशन भवनमा क्षमता भदा बढि बिरामी दैनिक रुपमा  थपिएका छन । ५० क्षमता भएको आईसोलेशनमा ८ महिला एव ३८ पुरुष रहेका छन् बाँकीलाई अवधि नपुग्दै घर पठाईएको छ । कोरोनाले मानिसको ज्यान लिईरहेको बेला बिरामीको उच्च मनोबलका साथ उपचारको गर्नुको  साटो अस्पतालले सटरदेखि अन्य धन्दामा समय खर्चिरहेको छ । आईसोलेशन भवन विस्तार, जनशक्तिको व्यवस्थापनको साटो अनावश्यक कमिसन आउने ठाँउमा ध्यान दिएकाले कोरोनाका बिरामीको मृत्यु  हुने अवस्था सम्म आउन थालेको छ ।


जिल्लाका स्वास्थ्य व्यवसायीको नाममा परेका तीनै सटरमा ल्याब खोल्ने तयारी गरेका बेला निमित्त  मेसु श्रेष्ठले कमिसनको चक्करमा  टेण्डर नै रद्द गरिदिएर नयाँ टेण्डर खोलेका छन । ‘मेसुले रोजेको चाहेको मान्छेको टेण्डर परेन, ‘अस्पताल स्रोतले भन्यो , ‘अनेकन नियम बहानाबाजी गराएर जसको नाममा टेण्डर  परेको थियो, उसलाई  दिन चाहेनन्  वा उनीबाट अपेक्षित कमिसन पाएन् ।’ न्यूनतम १० हजार तोकेर सटर भाडामा सम्बन्धी जारी गरिएको शिलबन्दी बोलपत्र आब्हानको सूचनामा मेसुको चाहना अनुरुप शिलबन्दी बढाबढ बोलक बोलपत्रदाताहरुले सटरमा औषधी तथा औषधीजन्य बाहेक मालसमान बाहेकको मात्रै व्यवसाय गर्न पाईने उल्लेख बँुदाले अस्पताल परिसरमा औषधी बाहेक मदिरा, डान्सबार, जस्ता अन्य जुनसुकै व्यवसाय संचालन गर्न सकिने अर्थ राखेको छ  ।

 

अस्पतालका निमित्त मेसु डा. श्रेष्ठले सूचनामा जे भएपनि मदिरा, सूर्तिजन्य पदार्थ बिक्रि वितरण गर्न नपाईने सम्झौता गरिने बताए । उनले यस अघि टेण्डर परेका व्यक्तिले ल्याब राख्छु भनेपछि नियममा नभएको विषय भएकाले रद्द गरेर नयाँ टेण्डर खोलेको बताए । एक सटरको भाडा न्यूनतम तोकेरै १० हजार राखेपछि व्यवसायीले अस्पताल व्यवसायमा लागेको हो की, बिरामीको सेवामा भनेर प्रश्न  गरिरहेका छन । महाकाली अस्पताल व्यवस्थापन समिति र प्रशासनविच पनि पहिलेदेखि हरेक विषयमा खटपट चलिरहेकै छ । व्यवस्थापन समिति जहिले पनि सुधारका पक्षमा देखिने प्रशासन प्रमुख निमित्त मेसु श्रेष्ठ जहिले पनि कमिसनमा मात्र चासो राख्न थालेपछि दुवै पक्षविच विवाद बढ्दै गएको अस्पतालका कर्मचारी स्रोत बताउँछ ।

 

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले अस्पताल सुधारका लागि दुवै पक्ष लागेको बताउदै भने  यदी मेसुले गैर कानुनी काम गर्न थालेमा त्यसलाई रोक्ने बताए । अस्पतालको कसैले पनि दुरुपयोग गर्न नपाउने बताए ।  कोरोना कहर चलिरहेका बेला सबै मिलेर अस्पताल सुधार गर्नुपर्ने बताउदै अध्यक्ष जोशीले अस्पतालका बिरुद्धमा अनावश्यक अफवाह फैलाउन नहुने बताए । दोस्रो चरणको कोरोना महामारी फैलिन थालेपछि महाकाली अस्पतामा भईरहेको ताण्डवले नागरिक समाज समेत हैरान भएको छ । नागरिक समाजका अगुवाहरुले गत बर्ष कोरोना महामारीकै विच भेन्टिलेटर  खरिददेखि नै बदमासी भएको भन्दै यस बर्षपनि गैर कानूनी रुपमा  कमिसन धन्दा चलिरहे त्यस बिरुद्धमा आन्दोलनमा उत्रने  चेतावनी दिएका छन । अस्पतालले गत बर्ष कोरोनाका हजारौँ संक्रमितको राम्रो उपचार गरेर अस्पतालको सकारात्मक चर्चा भएको थियो । यस बर्ष चैत्र अन्तिम साता समान्य संक्रमितको उपचार अभावमा मृत्यु प्रकरणले अस्पतालमा कति लथालिङ्ग भएको चित्रण गरेकोछ  ।