२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

त्रिदेशीय सिरिज : नेपाल र मलेसिया खेल्दै

  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने  मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ ।

    अहिलेसम्म नेपाल र मलेसियाबीच चार वटा टी-ट्वान्टी र चार टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले तीन टी-ट्वान्टी र तीन टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ