२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • नेपाल राष्ट्र बैंकले आज पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

    केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

    बैंकका अनुसार झण्डै २० करोडको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो साउन ५ गते परिपक्व हुनेछ । यस्तै पाँच अर्बको ट्रेजरी बिल भने जम्मा एक सय ८२ दिनका लागि बिक्री गरिने छ । यो बिल भने आउँदो कात्तिक २ गते परिपक्व हुनेछ ।

    राष्ट्र बैंकले यसअघि गएको चैत ३० गते झण्डै २० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ