२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

एकैपटक थुप्रै काम गर्ने, धेरै गुलियो खाने र मेकअपको बानीले मानिसलाई १३ वर्ष अगावै बुढो बनाइरहेछ

  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • साधारणतया हामीलाई थाहा हुँदैन कि हाम्रो दैनिकका कस्ता बानीले हामीलाई बुढो बनाइरहेको छ । यद्यपि, थुप्रै बानी यस्ता छन् जसलाई हामी नियन्त्रण गर्न सक्छौं । क्यालिफोर्निया युनिभर्सिटीका वैज्ञानिकसमेत संसारका थुप्रै अनुसन्धानकर्ताले एकैपटक थुप्रै काम गर्नु, धुम्रपान, धेरै गुलियो खानु ।

    निद्राको कमी र धेरै बेरसम्म बसिरहने बानीले मानिसलाई १० देखि १३ वर्ष अघि बुढो बनाइरहेको जानकारी दिएका छन् ।

    घण्टौं काम गर्दा ८ वर्ष उमेर कमः

    एकैपटक थुप्रै काम गर्नु, दैनिक घण्टौं काम गर्दा हुने तनावले शरीरमा नकारात्मक असर पार्ने गर्छ । यसले ८ वर्ष अघि नै बुढ्यौली लाग्न सक्छ ।

    काम निद्रा पनि राम्रो होइनः

    दैनिक ७ घण्टा सुत्नैपर्छ । कम सुत्दा दिमाग थाकिरहेको हुन्छ । तौल बढ्छ । जुन शरीरका लागि घातक हुन्छ । निद्रा पूरा नहुँदा पनि आयु कम नै हुन्छ ।

    अबेरसम्म बस्नु पनि ठिक होइनः

    जो धेरै बेरसम्म बसिरहन्छन् उनीहरुलाई मृगौला रोग, हृदय रोग लाग्नसक्छ । क्यान्सरको खतरा पनि हुन्छ । नियमित कसरत गर्दा यसबाट बच्न सकिन्छ ।

    धुम्रपानले भिटामिन सीको स्तर घटिरहेको छः

    धुम्रापानले छाला सुख्खा हुन्छ । अनुहारमा चाउरी पर्छ । शरीरमा भिटामिनको स्तर घट्छ । भिटामिन सीको काम छालालाई नरम बनाइराख्नु हो । धुम्रपानले मानिसको उमेर १० वर्षसम्म कम हुन्छ ।

    हेडफोनमा चर्को आवाज सुन्नु असाध्यै खतरनाकः

    जो मानिसहरु चर्को आवाजमा सङ्गीत सुन्नुहुन्छ, उनीहरुको श्रवण शक्ति बिस्तारै कमजोर हुन्छ । हेडफोनमा चर्को स्वरमा सुन्नु असाध्यै हानिकारक छ । यसका कारण सडक दुर्घटना पनि हुनसक्छ ।

    धेरै मेकअप गर्दा चाउरीः

    धेरै बास्नादार, केमिकलयुक्त उत्पादनमा अल्कोहल धेरै हुन्छ । यसले छाला चिलाउँछ । अनुहारमा चाउरी पर्न थाल्छ ।

    गुलियो खाँदा छाला कडा र अनियमित हुन्छः

    धेरै गुलियो खाँदा तौल बढ्छ र उमेर घट्छ । चिनीको मोलिक्यूलले छालालाई कडा र अनियमित बनाउँछ ।

    फास्टफूडले ६ वर्ष उमेर घटिरहेको छः

    फास्टफूडले बोसो बढाउँछ, यसले थुप्रै समस्या बढाउँछ । यसका साथै यसले ६ वर्षसम्म उमेर काम गरिदिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ