२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने

  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैशाख महिनाभर विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

    कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले भौतिक रूपमा हुने पढाईलाई अनलाइन मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ