२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

कोहलपुरमा २ जना कोरोना संक्रमितको मृत्यु

  • २०७८ बैशाख ७, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुरकै दुईजनाको मृत्यु भएको हो ।

    कोहलपुर नगरपालिका(२ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र ७७ वर्षीय पुरुषको राति ९ बजे मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

    मृतक पुरुषमा दम र क्षयरोगसमेत थियो । यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ