२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

सरकारले २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने आदेश ल्याएको भोलिपल्टै बालुवाटारमा बिहानैदेखि भिड

  • २०७८ बैशाख ७, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • सरकारले हिजो सोमवार २५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने भन्दै आदेश जारी गर्‍यो। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनासम्बन्धी बेग्लै आदेश जारी गर्दै कुनै पनि सभा समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने नियम जारी गरेको हो। ुएक पटकमा पच्चीस जना भन्दा बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक नछुने, दुई व्यक्तिको बीचमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने,ु हिजोको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

    यद्यपि उक्त निर्णयको खिल्ली उडाउँदै बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा पूजा अनुष्ठान कार्यक्रम राखियो। चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई बिहानै विधिवत पूजाका लागि अनुष्ठान कार्यक्रम आयोजना गरिएको हो।

    चितवन लैजानुअघि प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्तिमा पूजा गरेका हुन्। कार्यक्रममा पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत सहभागी थिए। उनीहरुले मास्क लगाए पनि भिड बाक्लो थियो भने भौतिक दुरी पनि सरकारले तोकेजस्तो मापदण्ड कायम गरेको थिएन।

    पप्रधानमन्त्री ओलीले ती मूर्ति हस्तान्तरण गरेका छन्। ती मूर्ति आजै चितवन पुर्‍याइने कार्यक्रम रहेको छ। चितवनको अयोध्यमा ती मूर्ति राखिनेछन्। प्रधानमन्त्री ओलीले रामको जन्मभूमिम चितवनको अयोध्या रहेको दाबी गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस


    नयाँ