२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

गर्मीमा काक्रो खानूस्, यस्ता छन् फाइदाहरू…

  • २०७८ बैशाख ७, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • गर्मी मौसममा काक्रो खानु मानव शरिरका लागि एकदमै फाइदाजनक हुन्छ । सलादको रुपमा प्रयोग हुने काक्रो गर्मीमा नुन खुर्सानीसँग मोलेर खान सकिन्छ । काक्रो जति स्वादिष्ट छ त्यति नै फाइदाजनक पनि छ । काक्रोमा प्रशस्त मात्रामा पानी पाइन्छ ।  काक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउनुको साथै कब्जियतको समस्या पनि हल गर्छ ।

    यस्ता छन् काक्राे खानुका फाइदाहरु

    -श्वास गनाउने समस्याबाट छुटकार पाइन्छ ।

    -जोर्नी दुखाइको समस्याबाट छुटकार पाइन्छ ।

    -तौल घटाउन मदत गर्छ।

    -क्यान्सर विरुद्धको प्रतिरक्षा प्रणालीलाई बृद्धि गर्नमा सहयोग गर्छ

    -यसले शरिरमा क्यान्सर रोगबाट बच्न मदत गर्छ ।

    -पाचनक्रिया गराउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

    -टाउको दुख्ने, अल्छिपना हटाउछ ।

    -मधुमेहका विरामीका लागि पनि मदत गर्छ ।

    -रक्तचाप नियन्त्रण गर्ने काम गर्छ ।

    -छाला चाउरिनबाट रोक्छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ