२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

ओली – नेपाल भेट : भएन कुनै ठोस कुराकानी

  • २०७८ बैशाख ९, बिहिबार मा प्रकाशित ३ हफ्ता अघि
  • प्रधानमन्त्री तथा नेकपा९एमाले० अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बुधबार भएको भेटमा पार्टी विवाद निरुपण गर्ने सम्बन्धमा कुनै ठोस कुराकानी नभएको बताइएको छ ।

    बुधबार काठमाडौंस्थित होटल मेरियटमा करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान ९एक्ला एक्लै० वार्ता भएको थियो । वार्तापछि नेता नेपालले सञ्चारकर्मीमाझ प्रतिक्रिया नदिएपनि वार्तामा नेकपा९एमाले०को विवाद समाधानको निम्ति ठोस कुराकानी नभएको नेता नेपालले आफु निकटका नेताहरुलाई बताएका छन् ।

    माधव नेपालले पार्टीको विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाउन ओलीसँग आग्रह गरेका थिए । सर्वोच्च अदालतको फैसलापछि पार्टी २०७५ साल जेठ २ गतेको अवस्थाबाट सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो । तर ओलीले अहिले एमालेको अवस्था फरक ढंगले अगाडी बढेको भन्दै पछिल्ला निर्णयहरु फिर्ता नहुने भन्दै बिना शर्त पार्टीमा आउन आग्रह गरेका थिए । कुनै ठोस सहमति बिना फेरी छलफल गर्ने भन्दै दुवै नेता बाहिरिएको समाचारहरु आजकोे पत्रपत्रिकाहरुले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ