२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै, के होला निर्णय?

  • २०७८ बैशाख १०, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ। बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक बैशाख ६ गतेकै निरन्तरता रहेको बताइएको छ।

     

    यसअघिको बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना माधवपक्षीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।आजको बैठकमा नेताहरुले बुझाएको स्पष्टीकरणमाथि छलफल गरी थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ।

     

    यसबीचमा आन्तरिक विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँगको भेटघाटलाई पनि तिव्रता दिएका छन्। यसै सन्दर्भमा अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग बुधबार र विहीबार दुईपटक वार्ता गरेका थिए भने अर्का नेता बामदेव गौतमसँग पनि बिहीबार साँझ भेटघाट गरेका थिए।

     

    पार्टी अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए। एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई समेत राखेर समिति गठन गरेसँगै एमालेमा विदाद सुरु भएको थियो। हाल नेपाल पक्षले सोही निर्णय सच्याउन आग्रह गर्दै आए पनि अध्यक्ष ओली तयार छैनन्।

    प्रतिक्रिया दिनुहोस


    नयाँ