२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

आइपिएलमा बैंग्लोर​को अपराजित यात्रा कायमै

  • २०७८ बैशाख १०, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर​ले लगातार चौथो खेलमा जित निकालेको छ । चौथो खेलमा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै बैंग्लोर​ले लगातार चौथो खेल जितेको हो ।

    गए राति भएको खेलमा राजस्थान रोयल्समाथि १० विकेटको फराकिलो जित दर्ता बैंग्लोर अपराजित रहँदै शीर्ष स्थानमा उक्लिएको छ । बैंग्लोर ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो ।

    राजस्थानले दिएको १७८ रनको लक्ष्य पछ्याएको बैंग्लोर​ले १६।३ ओभरमै लक्ष्य पूरा गरेको थियो । बैंग्लोरका लागि कप्तान विराट कोहली र देवदत्त पडिकलले उत्कृष्ट प्रदर्शन गरे । पडिकलले शतक प्रहार गर्दा कोहलीले अर्धशतक बनाए ।

    सुरुदेखि नै राजस्थानविरुद्ध आक्रामक खेलेका पडिकलले ५२ बलमा १०१ रन बनाउँदै नटआउट रहे । उनले ६ छक्का र ११ चौका प्रहार गरेका थिए । यस्तै कप्तान कोहलीले ४७ बल खेल्दा ७२ रन बनाए । उनले तीन छक्का र ६ चौका प्रहार गरे ।

    टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । उसका लागि शिबम् दुवेले सर्वाधिक ४६ रन बनाउँदा राहुल टेवाटियाले ४० रनको योगदान गरेका थिए । बैंग्लोर​का लागि मोहमद सिराज र हर्सल पटेलले तीन तीन विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ