२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

धनगढी एफसीको कप्तानी किरणले गर्ने

  • २०७८ बैशाख १०, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • नेपाल सुपर लिग ९एनएसएल० टिम धनगढी एफसीले कप्तानीको जिम्मेवारी किरण चेमजोङलाई दिएको छ । धनगढीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टिमको कप्तानी किरणले गर्ने जनाएको हो ।

    नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका उनलाई धनगढीले आइकोनिक खेलाडीको रुपमा भित्र्याएको थियो । ३१ वर्षीय किरणले सन् २००८ मे २४ नोभेम्बरमा एएफसी च्यालेन्ज कप छनोटअन्तर्गत कम्बोडियाविरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

    उनले राष्ट्रिय टोलीबाट ६८ खेल खेलिसकेका छन् । उनले नेपाली टोलीलाई एएफसी सोलिडारिटी कप २०१६ को उपाधि दिलाएका थिए । गत चैतमा किरणको कप्तानीमा नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।

    किरण ५ अप्रिल २०२१ मा ‘एएफसी इन्टरनेसनल प्लेयर अफ दी विक’ घोषित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ