२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

लोकतन्त्र कोकाकोला हैन : चीनका परराष्ट्रमन्त्री

  • २०७८ बैशाख १२, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • चीनका परराष्ट्रमन्त्री वाङ यीले लोकतन्त्र कोकाकोला जस्तो जहाँ पिए पनि उस्तै स्वाद पाइने चीज नभएको बताएका छन् ।

    शुक्रवार यूएस काउन्सिल अन फरेन रिलेसन्ससँग भिडियोमा कुरा गर्दै वाङले विश्वलाई आफ्नै छविमा ढाल्न खोज्ने अमेरिकाको प्रयास गलत भएको बताए ।

    उनले अमेरिकालाई बेइजिङसँग शान्तिपूर्ण सहअस्तित्वका लागि आह्वान गरे र चीनले स्वतन्त्र बाटो तथा प्रणाली अपनाएको कुरा स्वीकार गर्न भने ।

    ‘लोकतन्त्र कोकाकोला हैन जसको सिरप अमेरिकामा उत्पादन हुन्छ अनि संसारभरि उस्तै स्वाद हुन्छ । एउटै किसिमको मोडल भएमा र एउटा मात्र सभ्यता भएमा संसार जीवन्त नभई दिक्कलाग्दो हुन्छ,’ उनले भने ।

    चीनलाई निरंकुशतावादी भन्नु गलत हुने किनकि त्यहाँको लोकतन्त्र अमेरिकाको भन्दा भिन्न स्वरूपमा रहेको उनको भनाइ छ ।

    अनि अमेरिकाले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नका लागि लोकतन्त्र र मानवअधिकारको बहाना बनाउन नहुने उनले बताए ।

    डोनल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय व्यवस्थालाई भताभुंग पारेको र वाशिङटनको विश्वव्यापी दायित्व तथा जिम्मेवारीबाट भागेको आरोप पनि वाङले लगाए । जो बाइडन प्रशासन बहुपक्षीयतावादमा फर्किएकोलाई बेइजिङले स्वागत गर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ