२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

निर्माणाधीन पुलबाट १४ कामदार त्रिशुली नदीमा खस्दा १ को मृत्यु २ बेपत्ता

  • २०७८ बैशाख १२, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • देवघाट र भरतपुर महानगरपालिका जोड्ने निर्माणाधीन पुलबाट त्रिशुली नदीमा १४ कामदार खस्दा १ जनाको मृत्यु भएको छ ।

    ११ जनाको उद्दार गरिए पनि २ जना बेपत्ता भएका छन् । निर्माणाधीन पुलमा काम गर्दैगर्दा आइतबार बिहान उनीहरु एकैपटक खसेका हुन् ।

    पुलबाट खस्दा भारतीय नागरिक ४३ वर्षीय विजय यादवको मृत्यु भएको छ । घाइतेको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    केही समय अघि यही पुल बनाउँदा बनाउँदै भत्किएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ