२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रको रुपमा सञ्चालन गरिने

  • २०७८ बैशाख १७, शुक्रबार मा प्रकाशित १ हफ्ता अघि
  • अत्तरिया – सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएपछि कैलालीको गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रको रुपमा सञ्चालन गरिने भएको छ । संघिय सरकारका उद्योग वाणिज्य तथा आप्र्ति मन्त्री लेखराज भट्टको पहलमा गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रको रुपमा तत्कालै सञ्चालनमा ल्याईने मन्त्री भट्टका प्रमुख स्वकिय सचिव हितेश ओझाले जानकारी दिए ।

    बिहिबार संघिय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग छलफल भैसकेको र आगामी हप्ता देखी नै गेटा मेडिकल कलेजमा कोरोना उपचार केन्द्र सञ्चालनमा आउने ओझाले बताए । संघिय सरकार मातहत सञ्चालन हुने गरी कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई उपचार केन्द्रको जिम्मेवारी दिईने उनले बताए । यसका साथै देशभर अक्सिजनको अभावलाई पुर्ति गर्न सम्बन्धीत पक्षसँग पहल गरिएको र सुदूरपश्चिममा आवस्यक पर्ने स्वास्थ्य जनशक्ती उपलब्ध गराउने सम्बन्धी पनि स्वास्थ्य तथा जनसख्यां मन्त्री सँग छलफल भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ