२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

कञ्चनपुरका ३ जना कोरोना संक्रमितको मृत्यु

  • २०७८ बैशाख १८, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • कञ्चनपुर — महाकाली अस्पतालमा उपचार गराइरहेका थप दुई जना कोरोना संक्रमतिको मृत्यु भएको छ । उनीहरुको शुक्रबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा। गोविन्द रोकायाका अनुसार अस्पतालको एचडीयूमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरुष र भीमदत्त नगरपालिका १४ का ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।

    ५२ वर्षीय पुरुषमा क्यान्सरको लक्षण पनि देखिएकाले थप उपचारका लागि चितवन लैजाने तयारी गरिरहेकै बेला मृत्यु भएको डा। रोकायाले बताए । उनीहरु दुवैजना ५ दिनदेखि अस्पतालमा उपचाररत थिए । डा. रोकायाका अनुसार शनिबार बिहान होम आइसोलेसनमा रहेका भीमदत्त नगरपालिका १८ का एक ६८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ