२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

कैलालीमा निषेधाज्ञा ३० गतेसम्म लम्बियो

  • २०७८ बैशाख १९, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • कैलाली-कैलालीमा जारी निषेधाज्ञा बैशाख ३० गतेसम्म निरन्तरता दिईने भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले बैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी जारी गरिएको निषेधाज्ञाको समयअवधि लम्बिएको हो।

     

    जिल्लामा कोरोना संक्रमणदर बढ्दै गईरहेको भन्दै बैशाख ३० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनका अनुसार संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा सो निर्णय लागु हुने जनाएको छ। यस्तै सबै बैंक तथा वित्तीय संस्थाहरु वैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९ बजेदेखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ