२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

संसद्को बजेट अधिवेशन २७ गते बोलाउन सिफारिस

  • २०७८ बैशाख २०, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को बजेट अधिवेशन बैशाख २७ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय लिएको हो ।

    रे मन्त्रिपरिषद् बैठकलाई जानकारी दिएको एक मन्त्रीले जानकारी दिए । संघीय संसद्को आगामी अधिवेशन बैशाख २७ गते बोलाउन सिफारिस गर्ने निर्णय भएको छ । सोही दिन प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराउनुभएको छ,ती मन्त्रीले भने ।

    प्रतिनिधि सभाको हिउँदे अधिवेशन बैशाख ६ गते अन्त्य गरिएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते विघटित भएको थियो । सर्वोच्च अदालतले फागुन ११ गते प्रधानमन्त्रीको उक्त निर्णय खारेज गरेको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशन भने गत पुस १७ गते बोलाएर २६ गते अन्त्य गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ