२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

सुदूरपश्चिममा २४ घण्टामा १२ संक्रमितको मृत्यु

  • २०७८ बैशाख २०, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • धनगढी,१९ बैशाख । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४७८ जनाको परीक्षण गर्दा ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एन्टिजेन विधिबाट ८२७ जनाको परीक्षण गर्दा २१४ जना र पीसीआर विधिबाट ६५१ जनाको परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै २४ घण्टामा सुदूरपश्चिमका थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो ९ दिनमा मात्र कोरोना संक्रमणबाट ५१ जनाकाृ मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म ११२ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

    No photo description available.

    प्रतिक्रिया दिनुहोस


    नयाँ