२०७८ बैशाख ३०, बिहिबार | Thu, 13, May, 2021

कञ्चनपुरमा वैशाख ३१ गते सम्म निषेधाज्ञा लम्बियो

  • २०७८ बैशाख २०, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमण रोकथामका लागि गरेको निषेधाज्ञा झन् कडा गर्दै वैशाख ३१ गतेसम्म लागू गरेको छ ।प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सोमवार आदेश जारी गर्दै वैशाख २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा लागू हुने जनाएका छन् । आदेशमा सार्वजनिक निर्माणका लागि निर्माणस्थल बाहिर सवारीसाधन चलाउन वा मानिस आवतजावत गर्न नपाइने उल्लेख छ । यसअघि निर्माण सामग्री ढुवानीका साधन सञ्चालन गर्न दिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ