२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

सुदूरपश्चिमको एकमात्र अक्सिजन प्लान्ट बिग्रियो, उत्पादन ठप्प

  • २०७८ बैशाख २८, मंगलबार मा प्रकाशित १ महिना अघि
  • सुदूरपश्चिमको एकमात्र अक्सिजन उत्पादन गर्ने मालिका अक्सिजन ग्यास उद्योग सोमबार रातिदेखि बिग्रिएको छ । अस्पतालहरुमा अक्सिजन अभाव भइरहेको समयमा सुदूरपश्चिमको एकमात्र अक्सिजन उत्पादन गर्ने प्लान्ट बिग्रिएपछि थप समस्या हुनसक्ने बताइएको छ ।

    उक्त अक्सिजन उद्योग बिग्रिएपछि निमार्ण कार्यका लागि नेपाल आविष्कार केन्द्रका महाबिर पुन तथा भारतको दिल्लीस्थित इन्जिनियरहरुसँग भर्चुअल कुराकानी गरेर बनाउने प्रयास भइरहेको समाजसेवी हेमराज ओझाले जानकारी दिएका छन् ।

    उनले प्रदेशभरमा रहेको एकमात्र अक्सिजन उद्योग बिग्रिएको र सकेसम्म चाँडै बनाउने प्रयास भइरहेकोसमेत जानकारी दिएका छन् । समाजसेवी ओझाले उक्त उद्यागबाट अक्सिजन खरिद गरेर बिरामीहरुलाई निशुल्क वितरण गर्दै आएका थिए । कोरोना महामारीको दास्रो लहर तीव्ररुपमा वृद्धि भइरहेको छ ।

    No description available.

    कोरोना संक्रमणबाट मृत्यु हुने अघिकांशको अक्सिजन अभावका कारण हुने गरेको छ । देशमा १० दिनको अवधिमा एक सय ३५ जना संक्रमितको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ