२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

महामारीसँग जुध्न नेपाललाई अमेरिकाद्वारा करीब ३२ करोड सहयोग घोषणा 

  • २०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित १ महिना अघि
  • अमेरिकाको इन्डो–प्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन नेपाल सरकारलाई थप २७ लाख ५० हजार अमेरिकी डलर ९करीब रु।३२ करोड० बराबरको सहयोग घोषणा गरेको छ।

    नेपालमा कोभिड–१९ को महामारी थप चर्किदैँ गएपछि कमान्डले बिहीबार थप सहयोग घोषणा गरेको हो। सन् २०२० को अप्रिल यता अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ती सहायता तथा नेपालको लागि नागरिक सहयोग अन्तर्गत कोभिड–१९ को उपचार तथा व्यवस्थापनको लागि ५८ लाख डलर ९करीब रु। ६७ करोड० बराबरको सहयोग गरेको जनाएको छ।

    यो सहयोग रकमअन्तर्गत पीपीई, आइसोलेशन सेन्टरका सामाग्री, अक्सिजन, बिभिन्न उपकरण, टेलिमेडिसिनका सामान, हात धुने केन्द्रहरू तथा अन्य अत्यावश्यक सामान रहेको जनाएको छ।

    योसँगै युएसएआइडी समेत अमेरिकी सरकारका बिभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभीड–१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर ९करीब रु। ५ अर्ब ९८ करोड० बराबरको भएको जनाइएको छ।

    अमेरिकाले नेपाली जनताको लागि अत्यन्तै कठिन यो परिस्थितिमा तत्काल आवश्यक सामाग्रीहरूको यथाशक्य उपलब्धता गराउन निरन्तर प्रयत्नरत रहेको पनि जनाएको छ। बुधबार अमेरिकी संसदमा नेपालको महामारीका विषयमा केही सांसदहरूले ध्यानाकर्षण गराएका थिए।

    प्रतिक्रिया दिनुहोस


    नयाँ