२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

कृष्णपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

  • २०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित १ महिना अघि
  • कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर- ६ स्थित मौरीफाँटामा विहीवार दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको उपचारका क्रममा धनगढीको सेती अस्पतालमा मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मौरीफाँटाकै अन्दाजी २६/२७ वर्षिय प्रकाश रोकाया र सोही ठाउँकै अन्दाजी २५ वर्षिय सुरज जप्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले रेडियो प्रभु एफ.एम.लाई जानकारी दिए । उत्तरबाट दक्षिण तर्फ गइरहेको से१च ४४४१ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आइरहेको से३प ३००५ नम्बरको मोटरसाइकल विहीवार दिउँसो साढे १ वजे दुर्घटना भएको थापाले बताए ।

    साथै ट्याक्टर र धनगढी उपमहानगरपालिका- ११ का ३० वर्षिय ट्याक्टर चालक रन बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनावारे थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ