२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

काेराेना संक्रमित वडाध्यक्षको मृत्यु

  • २०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • कोरोना संक्रमणबाट धनुषामा जनप्रतिनिधिको मृत्यु भएको छ।

    जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोद कुमार मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको नगरप्रमुख अनिलकुमार यादवले जानकारी दिए।

    दुई साताअघि देखि ज्वरो, रुघाखोकीसहितको लक्षण देखिएपछि मण्डल गाउँमै औषधि सेवन गरी निको भएका थिए।

    तर निको भएको दुई दिनपछि फेरि उनको स्वास्थ्यमा समस्या देखिएको थियो।

    उनलाई उपचारको लागि धनुषा अस्पतालमा ल्याइएको थियो। सामान्य उपचारपछि उनी फेरि घर फर्केका थिए।

    तर घर फर्केको दुई दिनपछि फेरि उनको श्वासप्रश्वासमा समस्या आएपछि चन्द्रकला देवी अस्पतालमा आइसियूमा राखेर उपचार गरिएको थियो।

    उपचारका क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको नगरप्रमुख यादवले बताए।

    प्रतिक्रिया दिनुहोस


    नयाँ