२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

भारतमा लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी, तर ३८७६ ले ज्यान गुमाए

  • २०७८ जेष्ठ ६, बिहिबार मा प्रकाशित १ महिना अघि
  • भारतमा कोरोना संक्रमित घट्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७६ हजार ५९ नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख ६८ हजार ७८८ जना निको भए भने ३ हजार ८७६ जनाले ज्यान गुमाए ।

    लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको आँकडा बढी रहेको छ । बुधबार सक्रिय संक्रमितको संख्या ९६ हजार ६४७ जनाले कम भयो । हाल भारतमा ३१ लाख २५ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् । ११ दिन अघि ९ मेमा यो संख्या सबैभन्दा उच्च ३७।४१ लाख पुगेको थियो ।

    यस्तो छ तथ्यांक

    २४ घण्टामा नयाँ संक्रमित स् २।७६ लाख

    २४ घण्टामा निको भएका स् ३।६८ लाख

    २४ घण्टामा मृत्यु स् ३,८७६

    हालसम्मका संक्रमित स् २।५७ करोड

    हालसम्म निको भएका स् २।२३ करोड

    कूल मृत्यु स् २।८७ लाख

    सक्रिय संक्रमित स् ३१।२५ लाख

    प्रतिक्रिया दिनुहोस


    नयाँ