२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

सुनको भाउ तोलामा ४०० बढ्यो तर चाँदीको घट्यो, कति पुग्यो ?

  • २०७८ जेष्ठ ६, बिहिबार मा प्रकाशित १ महिना अघि
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थानीय बजारमा सुनको भाउ बृद्धि भएको छ । बुधबार ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

    आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ७०० रुपैयाँ र तेजावी सुन ९३ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ ।

    बुधबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    नयाँ