२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश प्रमुख मल्लको कोरोनाबाट निधन

  • २०७८ जेष्ठ १३, बिहिबार मा प्रकाशित ३ हफ्ता अघि
  • सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना संक्रमणबाट निधन भएको छ।

    लामो समयदेखि निमोनियाले पीडित मल्ललाई कोरोना संक्रमण देखिएपछि निदान अस्पताल,ललितपुरमा भर्ना गरिएको थियो। उपचारको क्रममा आज बिहान ७ बजे उनको निधन भएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले जनाकारी दिए।

    पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उनी कांग्रेसमा प्रवेश गरेका थिए। मल्ल २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका थिए। उनलाई २०७६ सालको कार्तिकमा पदमुक्त गरिएको थियो।

    मल्ल २०२८ सालमा डोटी बोगटानअन्तर्गत पन्डौंन गाउँ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार भएका थिए।

    भजनी नगरपालिका निवासी मल्लका १ छोरा र १ छोरी छन्।

    प्रतिक्रिया दिनुहोस


    नयाँ