२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

भारतले मिचेको नेपाली जमिन फिर्ता ल्याउने प्रधानमन्त्रीको दाबी

  • २०७८ जेष्ठ १४, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको भएकाले त्यसलाई फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन्।नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरुसाग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले भारतले मिचेको जमिन फिर्ता ल्याउने दाबी गरे।

    वर्षौंदेखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने उनले बताए। उनले महाकाली नदी पूर्वको जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरि संविधानको अनुसूचीमा पनि राखिसकेको उल्लेख त्यसलाई फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको बताएका हुन्।

    ‘जबसम्म भारतको निणन्त्रणमा छ र फिर्ता आएको छैन। तबसम्म फिर्ता आएको स्तरमा व्यवहार भएको हुनसक्ने कुरा भएन। ५८ वर्षदेखि त्यो भारतकै नियन्त्रणमा छ। हामीले भारतको नियन्त्रणबाट फिर्ता ल्याउने प्रयास गरिरहेका छौं। त्यसमा संवाद गरिरहेका छौं’, प्रधानमन्त्री ओलीले भने।

    छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्तामार्फत् गरिने बताए। यद्पि, उनले भारतसँग नेपालको मित्रतापूर्ण सम्बन्ध रहेको जिकिर गरे।

    प्रतिक्रिया दिनुहोस


    नयाँ