२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

नेता भुसाल सहित थप १२ नेतालाई पार्टी निष्कासनको कारवाही गरिदैं

  • २०७८ जेष्ठ १७, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरवबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्तक्षर गर्ने नेता घनश्याम भुसाल सहित थप १२ नेतालाई पार्टीबाट निश्कासित गर्ने तयारी गरेको छ । उनिहरुलाई कारवाही गर्न प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक बस्दै छ ।

    यसअघि स्थायी कमिटी बैठकले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको थियो।

    प्गmबचष् द्यबलप घण्ण्हद्दढण् लभधन्यिदब िक्ष्ःभ् द्यबलप ःभचष् गलष्बिष्ल्भउब िीषभ क्ष्लकगचबलअभ
    गत सोमवार मात्र भुसाल सहितका १२ नेतालाइ स्पष्टिकरण सोधिएको थियो। जसमा सुरेन्द्र पाण्डे भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।

    आजको बैठङ्कमा मुलत उनिहरुलाई ककस्तो कारवाही गर्ने भन्ने विषयमा निर्णय लिइने नेताहरुले बताएका छन् । हिजो साँझको लागि तोकिएको बैठक प्रधानमन्त्रीको कार्य ब्यास्तताका कारण आज विहान १० बजेका लागि सरिएको हो ।

    यस्तै बैठकमा गत शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷७९ को बजेटको बारेमा समेत छलफल हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ