२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

एमाले स्थायी कमिटीको बैठक दोस्रोपटक सर्‍याे, मंगलबार बस्ने

  • २०७८ जेष्ठ १७, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • नेकपा एमालेले स्थायी कमिटीको बैठक दोस्रो पटक सारेको छ । आइतबार साँझ बस्ने भनिएको बैठक सोमबार बिहान १० बजे सारिएको थियो । पुनः मंगलबार बिहान ११ बजे बस्नेगरी सारिएको एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

    “बैठक मंगलबार बिहान ११ बजेलाई तय भएको छ, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ,” उनले भने ।

    आज लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका कारण बैठक धकेलिएको नेताहरूले जनाएका छन् । आजको बैठकमा स्पष्टीकरण सोधिएका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ