२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

लगातार बढ्दै सुन र चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

  • २०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • नेपाली बजारमा सुन र चाँदीको भाउ दैनिक रुपमा बढ्न थालेको छ। मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

    सोमबार छापावाला सुन प्रतितोला ९४ हजार २०० र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    नयाँ