२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

पाकिस्तानमा ठूलो आँधीबेरी, १० जनाको मृत्यु

  • २०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • पाकिस्तानको पन्जाब प्रान्तमा सोमबार चट्याङसहितको ठूलो आँधीबेरी आएको छ । सो आँधीबेरीका कारण १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

    पन्जाबको ओकारा शहरको तारिकबाद क्षेत्रमा आँधीबेरीको करण घरको छत भत्किदाँ आठ जनाको मृत्युको भएको थियो भने तीन जना घाइते भएका थिए । मृत्यु हुने मध्ये तीन महिला, चार बालबालिका र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ।

    यस्तै, ओकाराकै हुजरा शाह मुकिम क्षेत्रमा पर्खाल भत्कँदा एक व्यक्तिको मृत्यु भएका छ भने टोबाटेक सिंह जिल्लामा चट्याङमा परि अर्का एक व्यक्तिको मृत्यु भएको पन्जाब पान्तीय प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ