२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइ जेठ २३ मा

  • २०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • प्रतिनिधिसभा विघटन विरुद्द परेको रिटको सुनुवाई अब जेठ २३ मा हुने भएको छ ।

    दुई न्यायाधीशले अलग हुने निर्णय गरेपछि प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर जबराले जेठ २३ बाट पुन सुनुवाइ गर्ने निर्णय गरेका हुन् ।

    मंगलवार न्यायाधीश तेज बहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछाड्ने राय दिएका थिए । उनिहरुले इजलास नछाडेपछि बरिष्ठ न्यायाधीश दिपक कार्की र डा। आनन्दमोहन भट्टराईले इजलास छाड्ने निर्णय गरेका छन् ।

    जेठ २३ मा अर्को इजलास गठन गरेर सुनुवाई गरिने प्रधान न्यायाधीश जबराले रिट निवेदकहरुलाई जानकारी गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ