२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

दोस्रो पटकको को’रोना सङ्क्रमणसँग हारे प्रहरी हवल्दार भण्डारी

  • २०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • दोस्रो पटक को’रोना भाइरसको सङ्क्रमण भएका नेपाल प्रहरीका हवल्दार वेदराज भण्डारीको नि’धन भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार भण्डारीको विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा बुधबार बिहान नि’धन भएको हो ।

    जेठ १६ गते को’रोना पुष्टि भएपछि ४० वर्षीय भण्डारी त्यसको भोलिपल्ट अर्थात १७ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था ग’म्भीर बनेपछि भेन्टिलेटरमा उपचाररत उनको आज बिहान मृ’त्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार उनमा म’धुमे’हको पुरानै स’मस्या थियो ।

    विराटनगर –३ घर भएका भण्डारी नेपाल प्रहरीको सि’आरभी पोस्ट कटहरीमा कार्यरत थिए । उनलाई पहिलो पटक जेठ ३ गते को’रोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई उपचारपछि निको भएका भण्डारी दोस्रो पटकको स’ङ्क्रमणसँग हारे ।

    मोरङमा हालसम्म दुई प्रहरी निरीक्षकसहित ४१ जना प्रहरी कर्मचारीमा को’रोनाको सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।त्यस्तै को’रोना भाइरस संक्रमणबाट उदयपुरमा एकै घरका दुई दाजुभाइको चार दिनको फरकमा ज्यान गएको छ । रौ’तामाई गाउँपालिका–७ मुर्कुचीका ५० वर्षीय पुस्कल मस्राङ्गी मगर, ४५ वर्षीय तुलबहादुर मस्राङ्गी मगरको चार दिनको फरकमा ज्यान गएको हो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ