२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

नेरेसो उपशाखा झलारीद्धारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

  • २०७८ जेष्ठ २३, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • राजेश भुल-नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीले शुक्लाफाँटा नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आइतवार स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

    कोरोना भाइरस (कोभिड १९)को महामारीका विच यसलाई परास्त गर्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले अग्रपंक्तिमा रहेर काम गरिरहेको भन्दै फेस मास्क एक प्याकेट वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीका सभापति शेर बहादुर साउँदले रेडियो प्रभु एफ.एम.लाई जानकारी दिए । साथै सभापति साउँदले उपशाखा झलारीका सचिव लोकराज जोशीको संयोजकत्वमा शुक्लाफाँटा नगरपालिकाका १२ ओटै वडाका खोप केन्द्रमा स्वास्थ्य सामाग्री वितरण गरिने बताए ।

    “आज नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीको प्राङ्गमा हामीले स्वास्थ्य सामाग्री वितरण गर्यौ,सभापति साउँदले भने,यसपछि अब नगरका १२ ओटै खोप केन्द्रमा उपशाखा झलारीका प्रतिनिधिहरुले वितरण गर्नेछन्” । अहिले कोरोना भाइरसको विषम परिस्थितिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई केही सहजता होस् भन्ने उद्धेश्यका साथ स्वास्थ्य सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीका सभापति शेर बहादुर साउँदले बताए ।

    उनले कोरोनाबाट बच्न सरकारले जारी गरेका सुरक्षाका मापदण्ड पालना गर्दै अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन सम्पुर्णमा आग्रह गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ