२०७८ अषाढ ८, मंगलबार | Tue, 22, Jun, 2021

कैलालीबाट रेडपाण्डाको छालासहित एक जना पक्राउ

  • २०७८ जेष्ठ २५, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • कैलालीबाट रेडपाण्डाको छालासहित एक जना पक्राउ परेका छन्। संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगरबाट खटिएको सादा पोशाकको विशेष टोलीले रेडपाण्डाको छालासहित एक जनालाई मंगलबार पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा बझाङको देउलेकका २३ वर्षीय अमर धामी छन् । उनलाई कैलालीको गोदावरी नगरपालिका ५ स्थित गेटा सामुदायिक वनबाट पक्राउ गरिएको संघीय प्रहरी स्रोतले जानकारी दिएको छ ।

    पक्राउ परेका धामीलाई कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ