२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

भारतमा १६ भन्दा बढी प्रतिशत जनसंख्याले लगायो कोरोनाको खोप

  • २०७८ अषाढ ३, बिहिबार मा प्रकाशित १ महिना अघि
  • भारतमा कोरोना भाइरसको महामारी विस्तारै कम हुँदै गएको छ । त्यहाँ कोरोना रोक्ने एकमात्र विकल्प खोप लगाउने काम तीव्र रुपले भइरहेको छ । अहिलेसम्म भारतमा कुल जनसंख्याको १६।२ प्रतिशतले खोप लगाएका छन् ।

     

    अर्थात् २६ करोड ५५ लाख १९ हजार २५१ जनाले कोरोनाको कम्तीमा एक डोज खोप लगाएका छन् । दुवै खोप लगाएको जनसंख्या भने कूल जनसंख्याको ३।७ प्रतिशत मात्र हो ।

    भारतले आफैं कोरोना विरुद्धको खोप बनाएको छ । त्यसैगरी विभिन्न देशबाट खोप अनुदानमा लिनुका साथै किनेर पनि जनतालाई लगाइरहेको छ । भारतमा अहिलेसम्म २ करोड ९७ लाख मानिस कोरोना संक्रमित भइसकेका छन् । बुधबारमात्रै ६७ हजार २८९ जना संक्रमित थपिएका थिए ।

     

    त्यस्तै १ लाख ३ हजार ९०० संक्रमितलाई बुधबार निको भएसँगै अहिलेसम्म २ करोड ८४ लाख ८४ हजार ५९१ जनालाई निको भइसकेको छ । हाल ८ लाख २१ हजार ३७८ जना मात्र सक्रिय संक्रमित छन् । जबकि यो संख्या कुनै समय ४० लाखमा पुगेको थियो ।

    मृतकको दर भने भारतमा घट्न सकेको छैन । बुधबार २ हजार ३२९ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाबाट भारतमा ३ लाख ८१ हजार ९३१ जनाको ज्यान गइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ