२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

कञ्चनपुरमा फेरि थपियो एक साताका लागि निषेधाज्ञा

  • २०७८ अषाढ ७, सोमबार मा प्रकाशित १ महिना अघि
  • महेन्द्रनगर । स्थानीय प्रशासनले एक साताका लागि निषेधाज्ञा बढाएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधा ज्ञा बढाएको हो । प्रशासनले यस निषेधाज्ञा सकिने दिन मात्रै बढाएको हो । यस अघि दुई दिन अघि नै निषेधाज्ञा बढाउने गरिएको थियो ।

     

    यस्तै स्वास्थ्य सेवा,दुध डेरी,पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक पसल व्यवसाय बाहेक अन्य पसल व्यवसाय बिहान ६ बजे देखि दिउसो ३ बजेसम्म सञ्चालन गर्न सकिने जनाएको छ । निर्माण सामग्री तथा मालसामान ढुवानी, एम्बुलेन्स, दमकल, शव वाहन, सरसफाइ तथा अनुमति प्राप्त साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारीबाट आदेश जारी भएको छ ।

     

    उद्योग, निर्माण तथा कृषि कार्य जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।  विवाह तथा व्रतबन्धको हकमा बढीमा १० जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी सम्बन्धित क वर्गको इलाका प्रहरी कार्यालयबाट अनुमति तथा पास जारी गर्ने भनिएको छ । यद्यपि विवाह तथा व्रतबन्धका लागि होटेल तथा पार्टी प्यालेस प्रयोग गर्न नपाइने प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए ।

    No description available.

    No description available.

    प्रतिक्रिया दिनुहोस


    नयाँ