२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

शुक्लाफाँटा नगरपालिकाको नवौं नगर सभा सुरु,कतिको वजेट पेश भयो ?

  • २०७८ अषाढ ८, मंगलबार मा प्रकाशित १ महिना अघि
  • शुक्लाफाँटा नगरपालिकाको नवौं नगर सभा आज(मंगलवार)बाट सुरु भएको छ। सभामा यस चालु आ.ब. २०७७/७८ मा हाल सम्म भएगरेको सम्पूर्ण गतिविधीहरुको समीक्षा सहित आगामी आर्थिक बर्ष २०७८/७९का लागि ७१ करोड ४८ लाख ३ हजार रुपैयाँ बराबरको वजेट पेश गरेको छ ।

    नगर प्रमुख दिल बहादुर ऐरले अध्यक्षता गर्नुभएको सभाको प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का रहनुभएको थियो । नगर उप प्रमुख तुलसी देवी हमालले बजेट, निति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले सुदुरपश्चिम् प्रदेशको मुख्य नाकाहरु कैलालीको गौरीफन्टा,कंचनपुरको गड्डाचौकि,बैतडीको झुलाघाट संगै दार्चुलाको नाकामा समेत बृहत रुपमा कम्तिमा पनि एक हजार जना मानिसहरु अटाउन सकिने गरि नाकामा होल्डिङ्ग सेन्टरको निर्माणका लागि आफुहरु लागि परेको जानकारी दिए।

    भारत बाट नेपाल फर्किने सम्पुर्ण नेपाली दाजुभाइहरुको स्वास्थ्य चेकजाँच गरि कोरोना पोजेटिभ भएका ब्यक्तिहरुको लागि सम्बन्धीत स्थानिय तह सम्म पुर्याउने ब्यवस्थाको लागि समेत प्रयास गरिरहेको मन्त्री खड्काले बताए । आउदो आर्थिक बर्ष २०७८/७९ मा अरु क्षेत्र भन्दा पनि स्वास्थ्य क्षेत्रमा अत्याधिक बजेट छुट्याइएको हुदा सम्पुर्ण जनमानसमा स्वास्थ्य सेवा प्रवाह र सुविधाको पहुच बाट कोहि पनि बन्चित नहुने उल्लेख गर्दै,अब छिट्टै लालपुर्जा र सुकुम्बासी समस्याको समाधान हुने प्रतिबद्धता जनाएका छन ।

    त्यस्तै नगरपालिका को नबौ नगरसभामा पनि शिक्षा,स्वास्थ्य,कृषि,खेलमैदान,विभिन्न प्रकारका अभियानहरु संचालन,संगै बाकी रहेका योजनाहरु क्रमिक रुपमा पूरा गर्ने शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख ऐर तथा उपप्रमुख हमालले उद्घोस गरेका छन ।

    नगरसभामा १२ ओटै वडाका जनप्रतिनीधी,राजनितीक दलका प्रतिनीधी,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । नगरसभा सुरु हुनुपूर्व सम्पुर्णको कोरोना परिक्षण गराउँदा एक जनामा संक्रमण पुष्टि भएको थियो । नगरसभाको सञ्चालन सुरेन्द्र भट्टले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ