२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

जनताका पक्षमा काम गरेकाले सरकार ढलाइयो : ओली

  • २०७८ अषाढ २९, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पक्षमा धेरै काम गरेकाले नेकपा एमालेको सरकार ढलाइएको आरोप लगाएका छन् ।मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले जनताका पक्षमा, जनताको हितमा धेरै काम गरेको, राष्ट्रियता र देशको हितमा अतुलनीय काम गरेकैले सरकार ढालिएको दाबी गरे ।

    सरकार ढलाउन कहाँ कहाँबाट षडयन्त्र भयो भन्नेतिर म जान चाहन्नँ । पार्टीभित्रैबाट पनि असहयोग र केही व्यक्तिको कहिल्यै तृप्त नहुने पदको मोहले सरकार र पार्टीलाई समस्यामा पारेको ओलीको दाबी छ ।

    ‘विश्वमै पहिलोपटक अदालतबाट प्रधानमन्त्री तय गरियो‚’ उनले भने । एमालेका २६ जना सांसदले अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर अदालतमा जाने अराजकताका कारण अहिलेको अवस्था आएको उनले बताए । बलको रक्षा गर्नुपर्नेमा पोस्ट खाली गरेको र विपक्षीलाई गोल गर्ने अवसर सिर्जना गरेको ओलीको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ