२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

कृष्णपुरका नगरप्रमुख हमालले गरे वडा नं. ३ र ६ मा निर्मित आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

  • २०७८ श्रावण १, शुक्रबार मा प्रकाशित १ हफ्ता अघि
  • कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं। ३ र ६ मा रहेका आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ ।बिहिबार नगरप्रमुख कर्ण बहादुर हमालले नगरपालिकाको वडा नं। ३ देखतभुली र वडा नं। ६ मौरीफाँटामा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका हुन ।

    एक वडा एक आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने निति अनुरुप नगरका विभिन्न वडाहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु निर्माण गरिएको नगरप्रमुख हमालले बताए ।उनले नगरमा निर्वाचित भएर आईसकेपश्चात वडा नं। १, २, ४ र ७ मा यस अघि नै स्वास्थ्य केन्द्रहरु निर्माण गरिएकोमा यस पटक वडा नं। ३ र ६ मा निर्माण गरिएको बताए । उनले नगरका प्रत्येक वडामा रहेका नागरिकहरुलाई सहज रुपमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता स्वास्थ्य सेवा केन्द्रहरु स्थापना गरिएको बताए ।

    No description available.

    ‘स्थानिय सरकारबाट नगरबासीलाई आधारधुत स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने तथा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक स्थापित गर्ने नगरपालिकाको निति रहेको छ’ उनले भने ‘उक्त निति अनुसार नगरका विकट गाउँमा रहेका नागरिकहरुलाई पनि आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न नगरले प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्रहरु निर्माण गरिरहेको छ ।’

    No description available.

    नगरपालिकामा २ वटा हेल्थ पोष्ट रहेकामा थप वडा नं। १ निँगाली र वडा नं। ९ राजघाटमा सामुदायीक स्वास्थ्य ईकाई केन्द्रहरु स्थापना गरिएको उनले बताए ।यसका साथै स्वास्थ्यक्षेत्रलाई विशेष प्राथमिकतामा राखी नगरपालिकाले कृष्णपुर स्वास्थ्य चौकी र रैकवारविचुवा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १५र१५ शैय्याको अस्पतालमा रुपान्तरण गर्ने गरी प्रकृया सुरु भैसकेको नगरप्रमुख हमालले बताए ।

    No description available.

    उनले आर्थिक वर्ष २०७८र०७९ भित्रै अस्पताल स्तरोन्नतीको कार्य सम्पन्न भैसक्ने बताए । यसैगरी नगरपालिकामा ९ वटा गाँउघर क्लिनिक र १६ वटा खोप केन्द्रहरु रहेकामा यसमा आवश्यक पर्ने प्राविधिक भौतिक पुर्वाधारहरु निर्माण गरिसकेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ