२०७८ श्रावण ११, सोमबार | Mon, 26, Jul, 2021

आज साउनको पहिलो सोमबार, आजको दिन पुजाआजा गरे हुने छन् यस्ता फाइदा

  • २०७८ श्रावण ४, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • काठमाडौं- साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। साउनको सोमबार शिवको पूजाआराधना गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ हिन्दू धर्माबलम्बी विशेषगरी महिलाहरुले नजिकका नदी तथा तलाउमा गई स्नान गर्ने र शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ।

    साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिंग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने गरिन्छ। महिलाहरुले हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन्।

    यस पटक भने महामारीका कारण धेरै भीडभाड हुने ठाउँहरु बन्द भएकाले मन्दिरहरु पनि पूर्ण रुपमा खुलेका छैनन् । महामारीका कारण पशुपतिनाथ मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छैन ।

    त्यसैले आज धेरै भक्तजनहरुले बाहिरैबाट पशुपतिनाथको दर्शन गरिरहेका छन् । महामारिका कारण शिव मन्दिरहरुमा विगतमा जस्तो भीडभाड भने छैन । हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ